नदीमा डुबेर बेपत्ता भएका चार किशोर मृत फेला

दार्चुला । कैलाली खुटिया नदीमा डुबेर आज बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका –९ सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए ।

सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरुको शव निकालेको छ । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गएका मध्येबाट चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?