साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

दार्चुला । भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

भारतले एक खेल अगावै उपाधि जितेको छ । नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ । प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।

यस्तै आज भारत र बङ्गलादेश पनि खेल्दैछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?