दार्चुला । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम पाण्डेयले बताउताउनुभयो ।
जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो । पार्वतीलाइ करेन्ट लागेको आफ्न्तले खबर गरेपछि प्रहरीको टोलि घटनास्थल पुगेको हो ।
मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमीक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जाएको छ ।





प्रतिक्रिया