अटो दुर्घटनामा बेपत्ता एकैघरका तीन जनामध्ये दुईको मृत्यु, एकको अवस्था अज्ञात

दार्चुला । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बेपत्ता भएका एकै घरका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ। एक महिलाको अवस्था अझै अज्ञात रहेको छ ।

नौगाड गाउँपालिका वडा नम्बर ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका–६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । मृत फेला परेकी भागाकी सासुआमा तथा आरुषाकी हजुरआमा ४७ वर्षीया चाखुरी देवी धामीको अवस्था अझै अज्ञात रहेको छ ।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेपछि तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सा चालक मनिराम भुललाई प्रहरीले नियन्त्रण लिएर आज मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुला झिकाइएको छ । चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा परी दाहिने हात भाचिएको र खतरामुक्त रहेको बताइएको छ । घाइते आयुसको गोकुलेश्वर अस्पतालमा उपचार गरिएको छ ।

नौगाड ६ डाडाका एकै घरका तीन जना बेपत्ता भइ दुई जनाको शव फेला परेपछि स्थानीय धामी परिवार शोकमा डुबेको छ । बेपत्ता चाखुरी धामीको खोजि कार्य जारी रहेको र खोलामा पानीको सतह बढेकोले खोजिकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?