दार्चुला । २२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा दार्चुलामा पुरुष कर्मचारीहरुको डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा दार्चुला जिल्लामा कार्यरत निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी निकायका कर्मचारीहरुले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद आठ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले नगद पाँच हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। खेलाडी दर्ता भदौ १९ गते बेलुकी ५ बजेभित्र गर्नुपर्नेछ भने खेल भदौ २० गते बिहान ६ बजेदेखि पब्लीक प्रहरी ब्याडमिन्टन हल, खलंगामा सुरु हुने छ।
खेलका लागि YONEX MAVIX 350 CORK प्रयोग गरिनेछ। खेल तालिका गोलाप्रथा (लटरी) मार्फत तय गरिने र निर्धारित समयअनुसार खेलाडी उपस्थिति अनिवार्य हुने आयोजकले जनाएको छ।
प्रतियोगिता कर्मचारी मिलन केन्द्र दार्चुलाले आयोजना गर्ने भएको छ भने व्यवस्थापन जिल्ला दार्चुला ब्याडमिन्टन संघले गर्नेछ।





प्रतिक्रिया