२२औँ निजामती सेवा दिवस दार्चुलामा विविध कार्यक्रमसहित मनाइयो, ब्याडमिन्टनमा सशस्त्र प्रहरी प्रथम

दार्चुला । २२औँ निजामती सेवा दिवस दार्चुलामा पनि विविध कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ ।

कर्मचारी मिलन केन्द्र दार्चुलाको आयोजनामा आइतबार सांस्कृतिक झाँकीसहित प्रभातफेरीसहित विविध कार्यक्रम सञ्चालन गरी दिवस मनाइएको कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

दिवसकै अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र सामाजिक विकास कार्यालय दार्चुलाको सहजिकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९४ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै, कर्मचारी मिलन केन्द्रले जिल्ला कारागार दार्चुलामा रहेका कैदीबन्दीलाई पुस्तक खरिदका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । सो रकममध्ये १० हजार कर्मचारी मिलन केन्द्र र २० हजार निजामती कर्मचारीबाट संकलन गरिएको हो । कारागारमा रहेका कैदीबन्दीले अध्यनको लागि माग गरे अनुसारका पुस्तक खरिदको लागि रकम संकलन गरिएको ओझाले बताउनुभयो ।

यसअघि, दिवसको पूर्वसन्ध्यामा सदरमुकाम खलंगामा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा २० टोलीको सहभागिता रहेकोमा सशस्त्र प्रहरीको टोली प्रथम र जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली द्वितीय भएको कार्यवाहक अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी, जनप्रतिनिधि, सेवा प्रदायक निकायका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक वि.सं. २०१२ साल भदौ २२ गते जारी भएकाले वि.सं. २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?