बैतडीमा एक युवकले आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या गरे

दार्चुला । बैतडीमा एक जनाले बञ्चरो प्रहार गरेर आफ्नै काकीको हत्या गरेका छन् ।

जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले आफ्नै काकी अन्दाजी ३४ वर्षीया बेलमती धामीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

आइतबार राति करीब साढे ११ बजेको समयमा बेलमती सुतिरहेको अवस्थामा यज्ञले बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

मृतक धामीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने हत्यामा संलग्न यज्ञसिंह धामीलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाका बिषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्व टोली खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

यज्ञले आफ्नै काकीको हत्या गर्नुको कारण भने खुलीसकेको छैन् । एकल महिला समेत रहेकी मृतक बेलमती धामीका ४ छोरी र एक छोरा रहेका छन् ।

भतिजाले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?