समस्या समाधानका लागि सम्वद्ध पक्षसँग समन्वय भइरहेकाे सेनाकाे भनाइ

नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले साँझ जारी कर्फ्यू भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको हो । त्यसपछि परिस्थिति हेरेर थप निर्णय गर्ने बताएको छ ।

यस्तै नेपाली सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका लागि सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको जनाएको छ ।

यस्तै सेनाले आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा लिएर सुरक्षाकर्मीबाट कडा कारबाही हुने पनि बताएको छ ।

यस्तै सेनाले अवकाश प्राप्त सैनिक लगायत सुरक्षाकर्मी सबै सेवाका राष्ट्रसेवकहरू सञ्चारकर्मी तथा आम नागरिकहरूमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न र आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?