दार्चुलाको लास्कुखोलामा बगेर ३६ वर्षीय पुरुष बेपत्ता

दार्चुला । दार्चुलाको लास्कुु खोलाले बगाउँदा एक पुरुष बेपत्ता हुनुभएको छ । आइतबार बेलुका महाकाली नगरपालिका वडा नम्बर १ र ४ जोड्ने लास्कुखोला पुलबाट बगेर महाकाली नगरपालिका वडा नम्बर १ लास्कु बस्ने ३६ वर्षीय देवेन्द्र कामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

सदरमुकाम खलंगामा काम गर्दै आएका कामी आइतबार (हिजो) साँझ श्रीमती संगै घर फर्किने क्रममा खोलामा बगेर बेपत्ता भएको उहाँले बताउनुभयो । पहिला श्रीमती ममता कामीलाई खोला पार गराएका देवेन्द्र आफुले पुलबाट तर्दै गर्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

बेपत्ता कामीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा आवजजावत गर्न निकै समस्या रहेको भन्दै स्थानीयले पटक पटक पक्की/आरसीसी पुल निर्माणको लागि माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?