सिगासमा भतिजाले गरे काकीको हत्या: ५ छोराछोरीको विचल्ली, सहयोगको अपिल

दार्चुला । बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ ।

चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

आमाबुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले बताउनुभयो । दिदीको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ, उहाँले भन्नुभयो, घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् । निकै समस्या भएको छ ।

घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताउनुभयो । पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत सङ्कलित रकम बालबालिकालाई प्रदान गरिने उहाँले बताउनुभयो । बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ ।

बेलमतीको परिवारमा निकै समस्या रहेकोले आवश्यक सहयोग गर्न सिगास–२ वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले समेत सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?