वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा, आदिल र सन्दीप समेटिए

दार्चुला । वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा नेपाल ए टिममा उत्कृष्ट र आसालाग्दो प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईमा हुनेछ । उक्त सिरिजलाई क्यानले युनिटी नाम दिएको छ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?