महाकाली नदी किनारमा महिलाको शव फेला

दार्चुला । डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ।

जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो। सोमबार करिब ३५ वर्षकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको अनुसन्धान गरेको छ।

शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले बताए। महिलाको पहिचान र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?