सिमलामा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु

दार्चुला । भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको ज्यान गएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?