एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दै

एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘बी’ अन्तर्गत बङ्गलादेश र अफगानिस्तानबीचको आजको खेललाई निर्णायक मानिएको छ ।

हङकङमाथि सहज जित निकालेको बङ्गलादेशलाई अफगानिस्तानलाई जित्नैपर्ने दबाब छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् ।

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?