अटो दुर्घटनामा बेपत्ता चाखुरी धामीको शव दुई हप्ता पछि डडेल्धुरामा फेला, अन्तेष्टी गरियो

दार्चुला । दार्चुलाको नौगाडमा अटो रिक्सा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव दुई हप्ता पछि डडेलधुरा स्थित महाकाली नदी किनारमा फेला परेको छ । गत भदौ १६ गते नौगाड गाउँपालिकाको वडा नम्बर ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका वडा नम्बर ६ डाँडा बस्ने एकै परिवारका ३ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका मध्ये १७ वर्षीया भागा धामी र १२ वर्षीया आरुषा धामीको शव घटनास्थल नजिकै फेला परेको थियो भने ४७ वर्षीया चाखुरी धामी नौगाड खोलामा बगेर बेपत्ता हुनुभएको थियो । बेपत्ता धामीको शव सोमबार डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ परीगाउँस्थित महाकाली नदीको किनारमा फेला परेको जानकारी पाएपछि मंगलबार (आज) डडेल्धुराको परशुराम धाममा अन्तिम दाहसंस्कार गरिएको आफन्त जयभान सिंह धामीले बताउनुभयो।

अटो दुर्घटनामामा ज्यान गुमाएका एकै परिवारका तीन जनामध्ये दुई जनाको शव घटनास्थलमै फेला परेको थियो भने चाखुरी धामीलाई नदीले बगाएर डडेल्धुरा पुगाएको र झण्डै दुई हप्तापछि शव फेला परेको प्रहरीले जनाएको छ। मृत फेला परेकी धामीको डडेल्धुराकै परशुराम आर्यघाटमा अन्तेष्टी गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?