दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित हुनैनाथ मावि कुणीमा दुर्गादत्त–अनिभा टुहुरा तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । हुनैनाथ मावि कुणीमा अध्ययन गर्ने आमाबुबा गुमाएका टुहुरा तथा विपन्न बालबालिकालाई अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको हो ।

दार्चुलाकै लेकम गाउँपालिका वडा नम्बर २ चनाकोट स्थायी घर भएका मावि कुणीकै पूर्व विव्यस अध्यक्ष पण्डित केशबदत्त भट्ट र शिक्षाविद् डा. कुस्माकर भट्टले आफ्ना स्वर्गीय पिता दुर्गा दत्त भट्ट र माता अनिभा देवी भट्टको सम्झनामा दुर्गादत्त अनिभा टुहुरा तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो । आमाबुबाको नामले दुई लाख एघार हजार एक सय ११ रुपैयाँको श्री प. दुर्गादत्त–अनिभा टुहुरा तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

सो पुण्य कार्यका लागि उहाँहरू प्रति हुनैनाथ माध्यमिक विद्यालय कुणीले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?