कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

दार्चुला। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताउनुभयो ।

शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?