दार्चुला । बुधबार राती बर्षा संगै खसेको पहिरोले दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको गल्लाकेदार माध्यमिक विद्यालय खरकडाको विद्यालय भवनमा क्षति भएको छ ।
बुधबार रातीको पहिरोको कारण विद्यालयको २ कोठे भवनमा क्षती पुगेको हो । पहिरोले यस अघि कार्यपालिका सञ्चालन गरेको २ काठे जस्तापाताले छाएको भवनमा पुर्ण रुपमा क्षती पुगेको वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले बताउनुभयो ।
विद्यालय भवनको माथिबाट खसेको पहिरोले विद्यालय भवनको जस्तापाताको छानो, भित्ताहरुसहित कोठा भित्र रहेका कुर्सी, टेबुल लगायतका शैक्षिक सामग्राीमा समेत क्षति पुगेको उहाँले बतानुभयो ।





प्रतिक्रिया