शिक्षा दिवस: मालिकार्जुन आवि गराडीका शिक्षक कार्कीद्धारा शैक्षिक सामग्री वितरण

दार्चुला । शिक्षा दिवसको अवसर पारेर दार्चुलाको लेकम गाउँपालिका गाउँपालिका वडा नम्बर २, गराडीस्थित मालिकार्जुन आधारभूत विद्यालयमा हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरी विजयी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विहिबार (आज) विद्यालयमा कार्यरत शिक्षक लक्ष्मण सिंह कार्कीले शिक्षा दिवस र आफ्नो छोरा सक्षम कार्कीको जन्मदिनको अवसरमा प्रतियोगितामा सहभागि भई प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

कार्कीले छोराको जन्मदिनको अवसरमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पठन–पाठनसँग सम्बन्धित शैक्षिक सामग्री पुरस्कारस्वरूप प्रदान गर्नुभएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह धामीसहित शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै अध्यक्ष धामीले शिक्षक कार्कीलाई धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता प्रेरणादायी पहलहरूले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?