हुनैनाथ मावि कुणीको पहलः टुहुरा र विपन्न विद्यार्थीका लागि ‘अक्षयकोष स्थापना’

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालय कुणीले टुहुरा र विपन्न विद्यार्थीको भविष्यबारे आशा र खुसीको लागि एउटा सकारात्मक प्रयास गरिरहेको छ । मावि कुणीमा दुई वटा परिवारको आर्थिक सहयोगमा आमाबुबा गुमाएका वा आर्थिक रुपमा कठिन परिस्थितिको सामना गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको हो ।

लेकमको वडा नम्बर २ घर भएका विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष पण्डित केशबदत्त भट्ट र शिक्षाविद् डा. कुस्माकर भट्टले आफ्ना स्वर्गीय पिता पण्डित दुर्गादत्त भट्ट र माता अनिभा देवी भट्टको स्मृतिमा “श्री प. दुर्गादत्त–अनिभा टुहुरा तथा विपन्न छात्रवृत्ति अक्षयकोष” स्थापना गर्नुभएको छ। यस कोषमा जम्मा गरिएको रकम दुई लाख एघार हजार एक सय एघार रुपैयाँ (रु. २,११,१११) छ, जसबाट विद्यालयका टुहुरा, विपन्न र योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति दिइनेछ।

त्यसैगरी, लेकम–२ सुगरखाली स्थायी घर भई हाल धनगढी बस्दै आउनुभएका समाजसेवी नारायण भट्टले आफ्ना स्वर्गीय पिता लाटोदत्त भट्ट र माता कुन्तीदेवी भट्टको नाममा छोरा खगेन्द्र भट्ट संरक्षक रहने गरी “श्री कुन्ती–लाटो–नारायण स्मृति अक्षयकोष” स्थापना गर्नुभएको छ। यस कोषमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ (रु. १,११,१११) जम्मा गरिएको छ। यी दुवै अक्षयकोषबाट हुनैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत टुहुरा, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिनेछ।

विद्यालय परिवारले यस पुण्य कार्यका लागि दुवै दाता परिवारलाई हार्दिक धन्यवाद प्रकट गरेको छ। विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीले अक्षयकोष स्थापना गर्ने दुवै पक्षप्रति आभार व्यक्त गर्दै भन्नुभयो, यस्ता योगदानहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको भविष्य दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । विद्यार्थीको आत्मबल बढाउन र पढाइमा सुधार गर्न यो पहल महत्तपूर्ण हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?