व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्णानन्द बडूलाई दिइएको छ ।

गाउँपालिकाको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौँ ३१ गतेको निर्णय अनुसार व्याँसमा कार्यरत बरिष्ठ कर्मचारी अधिकृत सातौँ कृष्णानन्द बडूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार खटाइएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि वा बढीमा चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमासिक अवधिका लागि आर्थिक प्रशासनीक कार्य गर्ने जिम्मेवारी बडूलाई दिइएको मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?