जेनजी आन्दोलनमा भागेकामध्ये ६ हजार ३२८ कैदीबन्दी फर्किए, अझै आठ हजार बढी फरार

दार्चुला । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार तीन सय २८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको जानकारी दिनुभयोे । उहाँका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् ।

गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार पाँच सय ५५ कैदीहरु भागेका थिए । अझै आठ हजार दई सय २६ जना सम्पर्कमा नआएकाले खोजी भइरहेको निर्देशक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कारागारबाट १३ हजार पाँच सय ९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए ।

सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार नौ सय ८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना छन् । आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका झन्डै दुई हजार आरोपीसमेत फरार छन् । उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि अहिले झन्डै २२ हजार कैदीबन्दी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?