दार्चुला । अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–५ घर भएका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको बताइएको छ ।
मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गएको भदौ २२ गते अरिङ्गालले टोकेको थियो । काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएको थियो । भदौ २३ गते उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याएकोमा अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते अस्पतालबाट घर ल्याइएको थियो ।
अरिङ्गालको टोकाइबाट सिकिस्त भएका दयालको शनिबार मृत्यु भएको छ । मृतक दयालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेको बताइएको छ ।




