दार्चुला । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको हो ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार ‘प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले आज शपथ नहुने भयो । भोलि मात्रै शपथ हुन्छ ।’ जेनजी समूहबाट समेत प्रतिनिधित्व गर्ने प्रयास भइरहेको तर टुगों लागिनसकेको बताइएको छ ।
स्वास्थ्य मन्त्रीमा मिश्रा, शिक्षा विज्ञानमा पुन, सञ्चारमा खरेल, कृषिमा परियार र कानूनमा सिन्हाको सम्भावना देखिएको बताइएको छ । यीबाहेक जेनजी आन्दोलनकारीकै प्रतिनिधित्व पनि गराउन दबाब छ, तर कसलाई आधिकारिक मान्ने भन्ने विवादले सिंहदरवार निर्णयमा पुग्न सकेको छैन् ।





प्रतिक्रिया