दार्चुला । गोकुलेश्वरमा फेला परेका बालक बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ कुणी (सिम) का सुमन बिक भएको पुष्टी भएको पाइएको छ । अन्दाजी १५ वर्षीय बालक सुमन बिकका आफन्त सम्पर्कमा आइसकेको बताइएको छ ।
आज डिलासैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरमा अलपत्र अवस्थामा फेला परेका बालकका आफन्त सम्पर्कमा आइसकेको र भोली जिम्मा लगाउने तयारी रहेको सञ्चारकर्मी नविन पन्तले बताउनुभयो ।





प्रतिक्रिया