साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपाल आज भारतसंग खेल्दै

दार्चुला । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।

प्रतियोगितामा अपराजित रहेको भारत नौ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो ।

अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । आजै बङ्गलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० को आयोजनामा चलिरहेको प्रतियोगिता पर्सि शनिवारसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?