साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

दार्चुला । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । कोलम्बो रेसकोर्स मैदानमा हिजो भएको दोस्रो सेमिफाइनलमा भारतसँग ३–० गोलले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो ।

भारतको जितमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । तर, खेलको ६१औँ मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले अग्रता लियो ।

८०औँ मिनेटमा अजलानले अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयको चौथो मिनेटमा थोक्चोमले गोल गर्दै ३–० को सहज जित दिलाए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?