धनगढीबाट बैतडीको पुर्चौडीहाट गइरहेको ईभी भञ्ज्याङमा दुर्घटना, १० जना घाइते

दार्चुला । बैतडीमा ईभी (इलेक्ट्रोनिक भ्यान) दुर्घटना भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी हाट तर्फ गइरहेको सु प. प्र.०२ ००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७को भञ्ज्याङ भन्ने स्थानमा आज दिउँसो गरिब २ः ३० बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सवार १७ जना मध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडुले बताउनुभयो ।

घाइते मध्ये ४ जनाको अवस्था मध्यम रहेको र ६ जनालाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । घाइते सबैलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

चालक पुर्चौडी नगरपालिका ५ का महेश बोहरा फरार रहेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक बडुले बताउनुभयो । ईभी सडकबाट करिब २५ मिटर तल खसेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?