दार्चुला । हिन्दु नेपालीहरूको महान् चाड दशैंको धुमधाम तयारी भइरहेको छ । नेपालमा दशैं धुमधामसँग मनाइन्छ। धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक महत्व बोकेको यो पर्वमा परिवार तथा आफन्तसँग भेटघाट, मान्यजनबाट टीका–आशीर्वाद ग्रहण र मीठा परिकार खाने प्रचलन रहँदै आएको छ । तर, चिकित्सकहरूका अनुसार दशैंमा हुने अनियन्त्रित खानपानले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । तसर्थ दशैं र तिहारमा खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन्।

मासुजन्य परिकारको सन्तुलिन सेवन

दशैंमा तेलमा तारेको र मासुजन्य खाने कुराको उपभोग अत्यधिक हुने गर्छ। मांसाहारी व्यक्ति र परिवारमा दशैंमा हरेक दिन मासु खाने गरिन्छ। अरुबेला भन्दा बढी मासुजन्य परिकार पकाइने र खाने परम्परा भएकाले दशैंमा अत्यधिक मासुको सेवन गरिन्छ। मासुमा बोसोको मात्रा बढी हुने भएकाले यसलाई तेल–मसला प्रयोग गरी पकाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी छ ।

विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग, बाथजस्ता दीर्घरोग भएका बिरामीका लागि मासुको अत्यधिक सेवन जोखिमपूर्ण हुने गर्दछ। चिल्लो र पिरो कम हालेर राम्रोसँग पकाएको मासु सेवन गर्नुपर्दछ।

चाडपर्वको अवसरमा अनियमित समयमा बारम्बार खाने, बासी खाना भण्डारण गर्ने र बढी तेलमा पकाइएका परिकार सेवन गर्ने प्रचलन छ । यसले गर्दा अपच, कब्जियत, पखाला र ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउछन् । खानपानको स्वादसँगै स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने अति आवश्यक छ ।

दशैंमा चिसो पेय, सिसाको डिब्बाको अचार, कार्बोनेटेड पेयपदार्थ र बढी नुन–चिनी प्रयोग हुने भएकाले रक्तचाप, मधुमेह र ग्यास्ट्राइटिसको जोखिम बढ्ने हुन्छ । चिसो पेय पदार्थ, प्याकेजिङ गरिएको खानेकुरा र तेलमा तारेको र पोलेको रातो मासु सेवन गर्दा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

मासु सेवन गर्दा छाला फालेको मासु प्रयोग गर्नु स्वस्थकर हुन्छ। रागा र खसीको रातो मासु भन्दा कुखुरा र माछाको सेतो मासु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
दशैंमा मासु र मीठा परिकार खान सकिए पनि मात्रा र संतुलनमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । सन्तुलित भोजन, मर्यादित सेवन र नियमित शारीरिक गतिविधि गरेर दशैं मनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

दशैंको वेला कसरी खानुपर्दछ ?

संसारभरि नै मांसहारका बारेमा विवाद उठ्ने गरेको छ । अझ विशेषतः दशैंको बेलामा त नेपालमा पनि यो सवाल उठ्नु कुनै अनौठो कुरा होइन । तर प्रागऐतिहासिक कालदेखि नै मासुको सेवन चल्दै आएको पृष्ठभूमिमा मांसहार गर्दै आएकाहरुले दशैंको बेलामा मासु खानु नराम्रो होइन । तर यसो भन्दै गर्दा दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा”(Portion Size) मा विशेष ध्यान पुर्‍याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैछ तरकारी किन पकाउनुपर्‍यो अथवा दाल किन खानुपर्‍यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।

दशैं वा चाडपर्वको नाममा यो बेलामा साविकभन्दा बढी, दैनिक मासु खाइने हुनाले “हामीले खाने मात्रा”(Portion Size) मा विशेष ध्यान पुर्‍याउनु चाहिँ जरुरी छ । दशैंको बेला सामान्यतः मासु छदैं छ तरकारी किन पकाउन पर्‍यो अथवा दाल किन खानु पर्‍यो भन्ने भनाइहरु धेरै सुनिन्छ । तर हामीले भुल्नै नहुने कुरा के हो भने मासुले मात्रै हाम्रो शरीरको लागि आवश्यक दैनिक भोजनको आवश्यकता पूर्ति हुन सक्दैन । त्यसैले मासु भएपछि अरु खानेकुराहरु खाइबस्नु जरुरी हुँदैन भनने मानसिकता हटाउनु पर्दछ ।

मासु खाँदा राम्रो सित पकाएर खानुपर्दछ । छाला निकालिएको मासुको प्रयोग सबैभन्दा उचित हो । रोग निम्त्याउने किटाणु जनावरको छालामा पनि बढी हुने हुनाले छाला निकालिएको मासुको प्रयोग गरे फित्तेजुका ९त्बउभधयचm० को संक्रमण हुन सक्ने जोखिम कम हुन्छ । त्यसबाहेक, छाला निकालिएको मासुमा बोसोको मात्रा पनि कम हुन्छ । यसको सोझो अर्थ के हो भने अत्यधिक बोसोको सेवनबाट हामी बच्छौं । यसले गर्दा बोसोको अत्यधिक सेवनले स्वास्थमा नकारात्मक असर पर्ने जोखिम स्वतः कम हुन्छ ।

पोषणको दृष्टिले मासु उच्चकोटीको भए तापनि मासुमा पाइने चिल्लो पदार्थ ९ँबत० त्यसको स्रोतअनुसार फरकफरक हुन्छ । सेतो मासु जस्तै (माछा, कुखुरा) भन्दा रातो मासु जस्तो (राँगा, खसी, बोका) मा सेचुरेटेड बोसो बढी हुन्छ, जसले मुटु सम्बन्धी रोगको जोखिम बढाउँदछ । रातो मासुको पनि अत्याधिक प्रयोगले उच्च रक्तचाप र यूरिक एसिड, बाथ भएका व्यक्तिहरुमा जटिलता बढाउन सक्छ ।

त्यसैले मासुको सेवन गर्नेहरुले सागसबजी र फलफूल प्रशस्त मात्रामा खानु पर्छ । दैनिक जीवनका लागि आवश्यक पर्ने पोषणका पूर्ति गर्नका लागि मासु सेवन गर्ने व्यक्तिले दैनिक रुपमा कम्तिमा ४०० ग्राम सागसब्जी र फलफुल खानुपर्दछ । दशैं हो मासु त टन्न खाइन्छ भन्ने मानसिकतालाई हटाई सबै खाद्यान्न समूहबाट सबै किसिमका खानेकुराहरुलाई उचित मात्रामा समावेश गरी सन्तुलित भोजनको प्रयोग गर्नुपर्दछ ।

यसरी बनाउन सकिन्छ सन्तुलित भोजन

हामीले प्रयोग गर्ने थाल अथवा प्लेटको आकार १२ इन्चको छ भने सो प्लेटलाई बराबर चार भाग लगाउनु पर्दछ । सो प्लेटको १÷४ भाग चाहिँ अन्न समूहको खाद्यन्नबाट भर्नुपर्दछ, अर्को १÷४ भाग माछा÷मासु, दाल र दुध तथा दुधजन्य समूहको खाद्यन्नबाट भर्नुपर्दछ र सो प्लेटको बाँकी भाग यानि १÷२ भाग सागसब्जी र फलफुलले समावेश गर्नुपर्छ । यसो गरी सन्तुलित भोजन गर्न सके स्वास्थ्यमा हुने नकारात्मक असर कम गर्न सकिन्छ । त्यसबाहेक, स्वस्थ जीवनका लागि दैनिक कम्तिमा आठ ग्लास पानी पिउनुपर्ने कुरा त छँदैछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?