नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदै

दार्चुला । नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजाहमा राति सवा आठ बजे शुरू हुनेछ । नेपालले लगातार दुई खेल जितेर शृङ्खला जितिसकेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । जुन नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । यस्तै गएराति भएको खेलमा वेष्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले सृङ्खला जितेको छ ।

गएरातिको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृङ्खलामै शानदार प्रदर्शन गरेर शृङ्खला नै जितेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?