जेनजी आन्दोलन: सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा मात्रै करिब १० करोडको क्षति

दार्चुला । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० करोडबराबरको क्षति भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट रु नौ करोड ७४ लाख ५१ हजारको क्षति भएको छ ।

मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर नष्ट भएको उनले जानकारी दिनुभयो । आगजनीबाट भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष पूर्ण रुपमा नष्ट भएको छ । साथै लेखासम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनका केही कागजात मात्र जोगिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बललगायत सबै सामान नष्ट भएको उहाँले बताउनुभयो । आन्दोलनका क्रममा केही सामान चोरीसमेत भएको बताइएको छ ।

मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत नभेटिएको जनाइएको छ । आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय आगजनी गरिएको थियो ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएको छ । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन प्रिन्टर, एसीलगायत सामानजलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?