महिला टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो

दार्चुला । महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर ९१ रन बनाएको थियो ।

मलेसियाकी ओपनर आइना हमिज हसिमले ५० रन बनाइन् । ९२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालले शुरूकै दुई बलमा दुई विकेट गुमाए पनि त्यसपछि सम्हालिएर खेल्यो । आज नेपालले जितेसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । मलेसियाले पहिलो खेल जितको थियो । नेपालका लागि पूजा महत्तोले ३९ रन र कप्तान इन्दु बर्माले २७ रन बनाइन् । अब शृङ्खलाको तेस्रो खेल भोली हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?