आईसीसी टी-२० विश्वकप छनोट : नेपालले आज ओमानसँग वार्म अप म्याच खेल्दै

दार्चुला । आईसीसी टी-२० विश्वकपको छनोटका लागि ओमानमा रहेको नेपालले शनिबार घरेलु टिमसँग वार्म अप म्याच खेल्दैछ ।

मस्कटस्थित अल अमेरतमा हुने खेल नेपाली समयअनुसार राति पौने नौ बजे सुरू हुनेछ । नेपाल, शारजाहामा वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिज जित्दै विश्वकप छनोटका लागि ओमान पुगेको हो । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

तेस्रो टी-२० आईमा भने वेस्ट इन्डिज १० विकेटले विजयी भयो । नेपालले टेस्ट राष्ट्रसँग पहिलो पटक टी-२० आई सिरिज खेलेको हो । ओमानले पनि आफ्नै मैदानमा हुने विश्वकप छनोटको राम्रो तयारी गरेको छ । एसिया कप खेलेको ओमानले कुबेतसँग दुई टी-२० आई खेलेको थियो । दुवैमा ओमानले जित हात पार्‍यो ।

नेपालले ओमानपछि सोमबार कतारसँग अर्को वार्म अप खेल्नेछ । सहभागी नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह-२ मा छ । जहाँ उसको भिडन्त कुवेत र जापानसँग हुनेछ । असोज २२ गते कुवेत र २४ गते जापानको सामना गर्ने छ ।

तीन समूहका शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् । तीन टिमले सन् २०२६ मा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल आगामी बुधबारदेखि सुरू हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?