दार्चुलाको महाकाली नदी र टिंकर खोला किनारमा दुई जनाको शव फेला

दार्चुला । दार्चुलाको महाकाली नदी र टिंकर खोला किनारमा २ जनाको शव फेला परेको छ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ राकाम स्थित टिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा महाकाली नगरपालिका वडा नम्बर १ लास्कुका ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

टिंकर खोलामा मृत फेला परेका चौधरी व्याँसमा झोलुङ्गे पुल निर्माणको लागि आएका मजदुर रहेको उहाँले बताउनुभयो । असोज १६ गते पुल निर्माणको सामान लिन सितापुल गएका चौधरी उतैबाट सम्पर्क विहिन हुनुभएको थियो ।

खोजी गर्दै जाँदा शुक्रबार टिंकर खोला किनारमा चौधरीको शव फेला परेको उहाँले बताउनुभयो । चौधरी भिरबाट लडेको आंसका गरिएको छ । चौधरीको शव टिंकरबाट आज सदरमुकाम खंलगा पुगाइएको प्रहरी प्रमुख महतले बताउनुभयो ।

त्यस्तै महाकाली नदी किनारमा फेला परेको शव भाद्र २९ गते लास्कु खोलामा बगेर बेपत्ता भएका देवेन्द्र कामीको रहेको पुष्टि भएको छ । भाद्र २९ गते सदरमुकाम खंलगाबाट घर फर्कदै गरेका कामी लास्कुखोला पुलबाट लडेर बेपत्ता हुनुभएको थियो ।

कामीको शव शुक्रबार बेलुका महाकाली नगरपालिका वडा नम्बर ४ बाङगाबरस्थित महाकाली नदी किनारमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?