दार्चुला जिप दुर्घाटना अपडेटः नरेशबहादुर पालको मृत्यु, घाइते ९ जनामध्ये ३ जना रेफर

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने नौँ जना घाइते भएका छन् । घाइते नौँ जनामध्ये बढी चोट लागेका तीन जनालाई दार्चुलाबाट रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले बताउनुभयो ।

आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जिप दुर्घटना भएको हो ।

जिपमा जम्मा १२ जना सवार रहेकोमा दुर्घटनामा परी स्थानीय नरेशबहादुर पालको मृत्यु भएको हो । दुर्घटनास्थलबाटै बेहोस अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो । घाइतेको विवरण आउन बाँकी रहेको छ । जिपमा सवार मध्ये २ जना सकुसल रहेका छन् ।

घाइते सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल खलंगा दार्चुला पुर्याइएकोमा तीन जनालाई रेफर गरिएको र अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको स्वास्थ्यकर्मी दिपक बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?