दार्चुला । दार्चुलाका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थाहरुमा आजबाट सेवा सुचारु भएको छ ।
सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरि सोमबारबाट नियमित रुपमा कार्यालय सञ्चालन भएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार एक सूचना जारी गर्दै सोमवारदेखि जिल्ला स्थित सबै सेवा प्रदायक निकायहरूले सेवा प्रवाह सुचारु गर्न गराउन निर्देशानुसार अनुरोध गरेको थियो।
गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार (आज) देखी सेवा सुचारु गर्न सबै कार्यालयलाई अनुरोध गरेको जनाएको छ ।
सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, जोखीम नरहेका जिल्लाहरुमा आजबाट विदा नमानी कार्यालय खोलेर सेवा प्रवाह गर्न गृह मन्त्रालयले अनुरोध गरेको थियो । दार्चुलाका सरकारी कार्यालय, स्थानीय तह र विभिन्न संघ संस्थाहरु आजबाट सेवा प्रवाह सुचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





प्रतिक्रिया