दार्चुला । वर्षा कम भए पनि केही जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दार्चुला र आसपास बहने नदी तथा खोलाहरुमा पानिको बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम छ । त्यस्तै बझाङ, डोेटी, कञ्चनपुर र आसपासका जिल्ला भई बहने नदी तथा खोलाहरुमा पानिको बहाव सामान्य बढ्न सक्ने पूर्वानुमान छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका अनुसार आज दिउँसो सुदूरपश्चिम, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै ठाउँहरुमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।





प्रतिक्रिया