दार्चुला । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुरका एक कैदीले जेलबाट भागेर फेरि अर्को ज्यान मार्ने प्रयास गरेका छन् ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका २२ वर्षीय खिमबहादुर विकले असोज ११ गते राति स्थानीय ५३ वर्षीय पुरुषमाथि धारीलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइतेको जाहेरीका आधारमा प्रहरीले उनलाई शनिबार राति दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
विकलाई कारागार कार्यालय तुलसीपुरमा बुझाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।





प्रतिक्रिया