दार्चुला । दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर७ धापस्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
्
बुधबार (आज) अन्दाजी ३६ वर्षीया महिलाको शव फेला परेको र पहिचान हुन नसकेको उहाँले बताउनुभयो ।
स्थानीयहरुले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको उहाँले बताउनुभयो । महिलाको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।





प्रतिक्रिया