स्वास्थ्य कार्यालय दार्चुलाद्धारा नौगाडका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले नौगाड गाउँपालिकाका दुई वटा स्वाथ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विहिबार (आज) स्वास्थ्य कार्यालयले दार्चुलाले नौगाड गाउँपालिकाका इयरकोट स्वास्थ्य चौकी र सिप्टी स्वास्थ्य चौकीको लागि गाउँपालिका अध्यक्ष दलजित सिंह धामीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

मातृ तथा बाल स्वास्थ्य कार्यक्रम सुदृढीकरणको लागि नौगाड गाउँपालिकाको इयरकोट स्वास्थ्य चौकीलाई १६ लाख २७ हजार २ सय रुपैयाँ मूल्य बराबरको पोर्टेबल अल्ट्रासाउन्ड मेसिन र सिप्टी स्वास्थ्य चौकीलाई २ लाख ५४ हजार २५० रुपैँया मूल्य बराबरको कोल्ड चेन ब्यवस्थापनको लागि डिप फ्रीजर थान हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएका स्वास्थ्य सामग्रीले गाउँपालिकाको स्वास्थ्य सेवा सुधारमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले बताउनुभयो । साथै उहाँले गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएइदिएको स्वास्थ्य कार्यालय दार्चुलालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?