विश्वकप छनोट : जापानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

दार्चुला । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली एक खेलअगावै सुपर-६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर-२ मा २ अंक लिएर जानेछ ।

उक्त खेलमा नेपालले कुवेतसँगको प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन ।

प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?