दार्चुला। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र राजनीतिक सहकार्यका विषयमा छलफल हुँदैछ ।
राष्ट्रपतिभवन शीतलनिवासमा बसेको उक्त बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीको सहभागिता रहेको छ ।
बैठकमा नेपाली कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा ९एमाले० तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा ९माओवादी केन्द्र० तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुहुन्छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट कार्यबहाक सभापति डीपी अर्याल र सह–महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा ९एकीकृत समाजवादी० तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल बैठकमा उपस्थित हुनुहुन्छ ।
यस्तै, जनता समाजवादी पार्टी ९जसपा० बाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, र जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी सहभागी हुनुहुन्छ ।





प्रतिक्रिया