दार्चुला । बैतडीमा एक किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोरलाई पक्राउ गरिएको छ ।

जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारले १९ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

किशोरीले आफूमाथि जबरजस्तीकरणी गरेको जाहेरी इलाका प्रहरी कार्यालय पाटनमा दिनुभएको थियो । सोही जाहेरीका आधारमा लुहारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

पक्राउ परेका लुहारमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?