दार्चुलाको लेकम-५ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, उमेश बिष्टको नेतृत्वमा कमिटी चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ५ वटा वडाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन सम्पन्न भएको छ ।

लेकम गाउँपालिकाको वडा नम्बर ६ बाट सुरु भएको वडा अधिबेशन अन्तरगत आइतबार (आज) वडा नम्बर ५ मा अधिवेशन सम्पन्न गरिएको छ । आज गाउँपालिकाको वडा नम्बर ५ जयपुरमा रास्वपाका लेकम गाउँपालिका सभापती महेश नाथको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको हो ।

वडा नम्बर ५ मा उमेश विष्टको सभापतित्वमा वडा कमिटी चयन गरिएको रास्वपा लेकम गाउँपालिका सभापती महेश नाथले जानकारी दिनुभयो । यस्तै मदन बोहरा उपसभापति, आशिष बिष्ट सचिव रहने गरी ११ सदस्यीय वडा समिति चयन गरिएको उहाँले बताउनुभयो।

यस अघि लेकम गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा अधिवेशन सम्पन्न भइसकेको छ । अब बाँकी रहेको वडा नम्बर १ को वडा अधिवेशन मंगलबार गरिने सभापती नाथले जानकारी दिनुभयो । वडा अधिवेशन सम्पन्न गरेपछि चाडैं पालिका अधिवेशन आयोजना गर्ने गरी तयारी भइरहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?