गाजाबाट इजरायली सेना फिर्ता भएपछि त्यहाँ शासन गरिरहेको हमास र अर्काे विद्रोही समूह दुग्मुश घरानाका लडाकूबीच झडप हुन थालेको छ ।

इजरायली सेना फर्किएपछि दुग्मुशले पनि त्यहाँको सत्ता कब्जा गर्ने प्रयास गरेको भन्दै हमासले आफ्ना लडाकू परिचालन गरेको छ । त्यही क्रममा दुई सङ्गठनबीच झडप हुँदा कम्तीमा २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो आन्तरिक हिंसात्मक झडप हो । गाजा शहरको जोर्डनियन अस्पताल नजिक नकाबधारी हमास लडाकू र दुग्मुश घरानाका लडाकूबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये ८ जना हमासले परिचालन गरेका लडाकू छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले गाजामा शान्ति पुनर्स्थापना गर्न प्रयास गरिरहेको बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?