दार्चुला । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरू भएको छ । सर्वोच्च अदालतले आजदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो ।

अघिल्लो महिना भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएका कारण सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नयाँ मुद्दा दर्ता गर्न शुरू गरेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध रिट पुगेको छ । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश भएको हो ।

जेन–जी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद् विघटन भएको थियो । त्यसपछि जेन–जी युवा प्रतिनिधिको सिफारिश समेतका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भदाै २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?