दार्चुला। दार्चुलाका तीन स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नारायणी आँखा अस्पताल वीरगञ्ज, नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरको आयोजना तथा प्राविधिक सहयोग, पालिकाहरूको समन्वय र नर्वेजियन दाताहरूको आर्थिक सहयोगमा शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर, लेकम गाउँपालिका–५ रिठाचौपाता र मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्तीमा शिविर सम्पन्न गरिएको हो।

गोकुलेश्वरमा असोज २३ देखि २५ गतेसम्म, रिठाचौपातामा असोज २६ र २७ गते, र पस्तीमा असोज २९ र ३० गतेसम्म शिविर सञ्चालन गरिएको थियो। तीनवटै स्थानमा गरी कुल २ हजार १ सय ९३ जनाले ओपिडी सेवा लिएका छन् भने २४० जनाको आँखाको शल्यक्रिया गरिएको नारायणी आँखा अस्पतालका संस्थापक तथा नेत्र रोग विशेषज्ञ डा. पदम राज विष्टले बताउनुभयो।

गोकुलेश्वरमा मात्रै ८०१ जनाले ओपिडी सेवा र ११५ जनाको शल्यक्रिया, रिठाचौपातामा ८०४ जनाले ओपिडी सेवा र ६८ जनाको शल्यक्रिया र पस्तीमा ५८८ जनाले ओपिडी सेवा र ५७ जनाको शल्यक्रिया गरिएको नेत्र अधिकृत विरसिंह धामीले जानकारी दिनुभयो।

शिविर सञ्चालनमा सहयोग गर्ने स्थानीय तह, स्वयंसेवक तथा नर्वेजियन दाताहरूप्रति आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ। गाउँघरमै शल्यक्रिया सहितको सेवा पाएपछि स्थानीय सेवाग्राही खुसी भएका छन्। गाउँघरमै नियमित शिविर सञ्चालनका लागि सेवाग्राही तथा बिरामीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?