दार्चुलामा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा साइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शुक्रबार (आज) दिउँसो २ बजेको समयमा जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकल दुर्घटनामा परी महाकाली नगरपालिका वडा नम्बर ५ रिङनतालका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको उहाँले बताउनुभयो । डोबालले चलाएको साइकल रिङनताल नजिक सडक भित्तामा ठोक्किदा उनको टाउँकोमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?