मानसिक रोगबाट पीडित मालिकार्जुनका मनोज धामीको उपचारका लागि सहयोगको अपिल

दार्चुला । विगत तीन वर्षदेखि मानसिक रोगबाट पिडित दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मल्वावका २१ वर्षीय मनोज सिंह धामीको उपचारका लागि आर्थिक सहयोगको आग्रह गरिएको छ। कलिलो उमेरमै मानसिक रोगबाट ग्रसित धामीको आर्थिक अभावका कारण नियमित उपचारमा समस्या भएको छ।

पीडितका दाइ सुरज सिंह धामीका अनुसार मनोज विगत तीन वर्षदेखि नियमित औषधि सेवन र उपचारमा रहे पनि पछिल्ला दिनमा आर्थिक समस्या गहिरिँदा उपचार रोकिएको छ।

“परिवारको आर्थिक अवस्था सामान्य छ, तीन वर्षदेखि निरन्तर उपचार गर्दा ठूलो खर्च भयो। अहिले आर्थिक समस्या चुलिएपछि औषधि र उपचारका लागि सबैसँग सहयोगको अनुरोध गरेका छौं,” दाइ सुरजले बताउनुभयो।

बुवा दिलिप सिंह धामीका अनुसार हाल मनोजलाई उपचारका लागि भारतको बरेलीसम्म लगिएको थियो। तर, खर्च व्यवस्थापन गर्न नसकिँदा उनलाई कञ्चनपुरस्थित सुधार गृहमा राखिएको छ। “यसअघि पनि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराएका थियौं, तर रोग निको हुन सकेको छैन,” उहाँले बताउनुभयो। पछिल्ला महिनामा औषधि र उपचार रोकिँदा रोग झन गम्भीर बन्दै गएको र आवश्यक उपचारका लागि आर्थिक सहयोग अपरिहार्य रहेको उहाँहरूको भनाइ छ।

परिवारका अनुसार अहिले सामाजिक सञ्जालमार्फत पनि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। इच्छुक व्यक्तिहरूले आर्थिक सहयोग गरी मनोजको उपचारमा साथ दिन परिवारले सबैमा अनुरोध गरेको छ।

सहयोग गर्न चाहनुहुनेले नेपालबाट पिडितका धामी दाई सुरज सिंह धामीको नाममा माछापुच्छै बंंैकमा रहेको खाता नम्बर ०३५०९८२३७११०००१२ वा इ-सेवा ९७४८८६८६२५ मा तथा भारतको लागी पिडितका काका धन सिंह धामी (पदम सिंह) को खातामा पैसा जम्मा गर्न सक्ने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?