दार्चुला । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३० लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ को पहिलो ३ महिनामा ३० लाख बढी राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक बर्षको साउन महिनामा ५ लाख ५ हजार १ सय २९ रुपैँया राजस्व संकलन गरेको उहाँले बताउनुभयो। त्यस्तै भाद्रमा १९ लाख ६५ हजार ५ सय १९ रुपैँया र असोज महिनामा ५ लाख ४७ हजार २ सय ४० रुपैँया गरि चालु आर्थिक बर्षको पहिलो ३ महिनामै ३० लाख १७ हजार ८ सय ८८ रुपैँया राजस्व संकलन गरेको कार्यालय प्रमुख मानन्धरले बताउनुभयो ।
कार्यालयले यस बर्ष १ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया